अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५७ | Colorodo: 19:12

वामपन्थी सरकारको निरन्तरताका लागि प्रचण्डसंग छलफल गर्न प्रधानमन्त्रीलाई गौतमको आग्रह

बिआरटीनेपाल २०७७ चैत ३ गते ८:१८ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी(एमाले) एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले वामपन्थी सरकारको निरन्तरताका लागि पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्नुभएको छ ।मंगलबार एमाले एकता राष्ट्रिय अभियान कार्य सम्पादन समितिको पूर्ण बैठकमा उहाँले वामपन्थी सरकारको निरन्तरताका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेको जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले पार्टीमा देखिएको समस्या समाधानका लागि प्रयत्न गर्न र अन्र्तविरोध समाधान गराउन भुमिका खेल्नुपर्ने गौतमको भनाइ छ । नेता गौतमले नेपाल समुहले छुट्टै गतिविधिहरु सञ्चालन गर्न थालेको भन्दै त्यसलाई रोक्नका लागि प्रधानमन्त्रीले फागुन २८ गते केन्द्रीय कमिटीको बैठकको नाममा गरिएको विधान विपरित निर्णय फिर्ता गर्नुपर्ने बताउनुभयो । नेपालका सबै कम्युनिष्ट पार्टीहरुलाई राजनीतिक संयुक्त मोर्चामा ल्याउने गरी आफु अगाडी बढेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू