अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०३ | Colorodo: 19:18

माओवादी केन्द्रको संसदीय दलको नेतामा प्रचण्ड चयन

बिआरटीनेपाल २०७७ चैत ३ गते ८:१६ मा प्रकाशित

नेकपा माओवादी केन्द्रले पार्टी संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ । आज बसेको संसदीय दलको बैठकले दलको नेतामा प्रचण्ड र प्रमुख सचेतकमा देव गुरुङ चयन गरेको हो । त्यस्तै राष्ट्रिय सभा संसदीय दलको दलको नेतामा दिनानाथ शर्मालाई चयन गरेको छ ।

यसअघि नेकपा एमालेसंग एकता भएर बनेको पार्टी नेकपामा संसदीय दलको नेतामा केपी शर्मा ओली र प्रमुख सचेतक देव गुरुङ रहनुभएको थियो । तर सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र ब्युँतिएपछि माओवादी केन्द्रले आफ्नो संसदीय दलको पदाधिकारी चयन गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू