अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४८ | Colorodo: 00:03

‘चार वर्ष राम्ररी सुत्ने भए कोरियामा बारूदको गन्ध नफैलाउ’– उत्तर कोरियाली नेतृ जोङ्ग

बिआरटीनेपाल २०७७ चैत ३ गते ८:१४ मा प्रकाशित

उत्तर कोरियाका नेता किम जोङ उनकी बहिनी किम यो जोङले चार वर्ष राम्ररी सुत्ने भए आफ्नो देशको भूमिमा बारूदको गन्ध फैलाउन बन्द गर्न अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनलाई चेतावनी दिनुभएको छ । आज सरकारी पत्रिकामा प्रकाशित जोङको वक्तव्यमा अमेरिका र दक्षिण कोरियाबीच गत सता सुरू भएको संयुक्त सैन्य अभ्यासको विरोध गरिएको छ ।

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केन र रक्षा मन्त्री लोयड अस्टिनले एसिया भ्रमण थालेको अर्को दिन उत्तर कोरियाली शासककी बहिनीले यस्तो चेतावनी दिनुभएको हो । सोमबार जापान पुगेका ब्लिन्केन र अस्टिन द्वीपक्षीय वार्ताका लागि भोलि दक्षिण कोरिया जाँदै हुनुहुन्छ ।

उहाँहरुको जापान र दक्षिण कोरियामा गर्ने उच्चस्तरीय राजनीतिक कुराकानीको केन्द्रमा उत्तर कोरिया नै हुने बताईएको छ । उत्तर कोरियाका शासक उनसँग पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता गरेका गर्नुभएको थियो । नेताद्धयबीच कोरियाली प्रायद्वीपमा सैनिक तनाव कम गर्ने सहमति पनि भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू