अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२२ | Colorodo: 19:37

पोखरा विमानस्थल निर्माणसँगै अन्तर्राष्ट्रिय हवाइ उडानको तयारी थाल्न आग्रह

बिआरटीनेपाल २०७७ चैत २ गते ९:०२ मा प्रकाशित

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएसँगै अन्तर्राष्ट्रिय हवाइ उडान संचालनको लागि तत्काल पहल गर्नु थाल्नुपर्ने आवाज उठेको छ । सोमबार पोखरामा आयोजित एक कार्यक्रमका बक्ताहरुले सरोकारवालासँगको छलफलमा विमानस्थल निर्माण भएसँगै संचालनको लागि अन्तर्राष्ट्रिय हवाइ उडान गर्न तत्काल पहल गर्न आग्रह गरेका हुन् ।

पोखरा विमानस्थल निर्माण कार्य हालसम्म करिब ७२ प्रतिशत निर्माण कार्य सम्पन्न भएसँगै केही बाधा अड्चन आएकोले त्यसलाई सम्वन्धित निकायले समयमै समाधान गर्न पनि वत्ताहरुले माग गरेका हुन् ।
पोखरा विमानस्थल कार्यान्वयन इकाई परामर्श समितिका इन्जिनियर याम बहादुर भण्डारीले हालसम्म विमानस्थल निर्माणको कार्य अन्तर्गत भौतिक प्रगति ७२ प्रतिशत सम्पन्न भएको बताउनुभयो । उहाँले तीव्ररूपमा निर्माण अगाडी बढाउनका लागि दैनिक ३ सय चाइनिज र ४ सय नेपाली कामदारले काम गरिरहेको जानकारी दिनुभयो ।

पोखरामा ल्याण्ड फिल्ड साइडको ब्यवस्थापन, ईन्धन डिपो स्थापना,रिट्टेपानी डाँडा कटान,विमानस्थलमा बर्खायाममा आउने भलपानीलाई ब्यवस्थापन गर्न,थप केही जग्गा अधिग्रहण गर्नुपर्ने लगायतका केही समस्या रहेको इन्जिनियर भण्डारीले बताउनुभयो । पोखराबाट अन्तराष्ट्रिय स्तरकै हवाई उडान हुने हुदा अब पोखरा विमानस्थललाई क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको नाम जोडि राख्नु नपर्ने उहाँको भनाई छ । वाइडबडी (ठुलो जहाज) ल्याउन धावन मार्ग भएर मात्र नहुने बताउँदै इन्जिनियर भण्डारीले अन्य भौतिक पूर्वाधार र चारै तर्फ थप जग्गा आवश्यक पर्ने बताउनुभयो ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशिराज भण्डारीले देश संघीयतामा गएपनि केन्द्रीकृत सोचका कारण त्यसको मारमा पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल समेत पर्न सक्ने आशंका व्यक्त गर्नुभयो । उहाँले विमानस्थल निर्माण कार्य सम्पन्न भए पनि यसले अन्तराष्ट्रिय हवाई उडानमा केही समस्या आउन सक्ने भएकोेले त्यसको सामना गर्न सरोकारवाला पक्ष र मिडिया बढी चनाखो हुनुपर्ने ठहर गर्नुभयो । पोखरा विमानस्थल निमार्ण भएसँगै अब छिमेकी मुलुक चाइना र भारत लगायतका देशका केही शहरबाट सिधा हवाई सेवा पोखरासम्म जोड्दा पोखरा क्षेत्रलाई धेरै फाइदा हुने प्रमुख भण्डारीको भनाई छ ।

पोखरा विमानस्थल निर्माणका एक अभियान्ता विश्व शंकर पालिखे अबको ४ महिना पछि पोखरा विमानस्थल निर्माण कम्पनीले सरकारलाई विमानस्थल निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने बताउनुभयो । उहाँले निर्माण सम्पन्न गरेर हस्तान्तरण गरेपनि विमानस्थल संचालन हुने केही आशंका रहेको गुनासो गर्नुभएको छ । विमानस्थल निर्माण कार्य सकिन लागेपनि पोखराबाट अन्तर्राष्ट्रिय हवाई उडान गर्नको लागि हालसम्म सरकारले खासै पहल नगरेका कारण अन्तराष्ट्रिय हवाई उडान हुन केही ढिलाई हुन सक्ने पालिखेको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू