अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४२ | Colorodo: 19:57

माओवादी केन्द्र सर्वोच्चको फैसलामाथि छिट्टै पुनरावलोकनमा जाने

बिआरटीनेपाल २०७७ चैत २ गते ८:३७ मा प्रकाशित

नेकपा माओवादी केन्द्र सर्वोच्च अदालतले २३ गते फागुनमा नेपाल कम्युनिष्ट पार्टी विभाजित गर्ने फैसलामाथि पुनरावलोकनमा जाने भएको छ । आज बसेको केन्द्रीय समितिको बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले छिटै फैसालामाथि पुनरावलोकनमा जाने जानकारी गराउनुभएको हो । आजको बैठकमा २० जना नेताहरुले बोलेका थिए । उनीहरूले विशिष्ट राजनीतिक परिस्थिति र क्रान्तिकारी आन्दोलनको एकीकरणजस्ता विषयमा आ–आफ्नो धारणा राखेको श्रेष्ठले जानकारी दिनुभयो ।

माओवादीबाट सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाइएका बोलाएपनि कुनै पनि मन्त्रीबाट पत्रको जवाफ नआएको श्रेष्ठले बताउनुभयो । आजको बैठकमा जनार्दन शर्मा, शक्ति बस्नेत, पम्फा भुसाल, गणेशमान पुन, कृष्ण केसी, जयपुरी घर्ती, ओम शर्मालगायतले बोल्नुभएको थियो । केन्द्रीय समिति बैठक हाललाई स्थगित गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू