अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१८ | Colorodo: 19:33

इंग्लीश प्रिमियर लिग – आर्सनलद्वारा टोटनह्याम पराजित

बिआरटीनेपाल २०७७ चैत २ गते ८:३४ मा प्रकाशित

इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनलले टोटनह्याम हट्सपरलाई २–१ ले हराएको छ ।गएराति आर्सनलको मैदानमा भएको लण्डन डर्बीमा घरेलु टोलीलाई विजयी गराउन मार्टिन ओडेगार्ड र अलेक्जेण्डर लाकाजेट्ले एक एक गोल गरे ।

टोटनह्यामका एरिक लामेलाले पहिलो गोल गरेका थिए । ७६औं मिनेटमा लामेला रातो कार्ड खाँदै बाहिरिएपछि टोली १० जनामा समेटियो । प्रिमियर लिगकै अर्को खेलमा म्यान्चेस्टर युनाईटेडले वेष्ट ह्याम युनाईटेडलाई १–० ले हरायो । वेष्ट ह्यामका क्रेग डसनले एक आत्माघाति गोल गरेपछि टोली पराजित भएको हो ।

गएराति लेष्टर सिटीले शेफिल्ड युनाईटेडलाई ५–० ले हरायो । लेष्टरका लागि केलेची इहिनाचोले ह्याट्रिक गर्दा अयोजे पेरेजले एक गोल थपे । शेफिल्डका इथन अम्पादुले एक आत्माघाति गोल गरे । गएराति भएको अर्को खेलमा ब्राइटनले साउथह्याम्प्टनमाथि २–१ को जित निकाल्यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू