अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३९ | Colorodo: 19:54

म्यानमारमा सेनाद्धारा मार्सल कानुन लागू

बिआरटीनेपाल २०७७ चैत २ गते ८:३२ मा प्रकाशित

म्यानमारको सैनिक ‘कू’विरुद्ध प्रदर्शन चर्किएपछि सेनाले मार्सल कानुन लागू गरेको छ ।चिनियाँ व्यवसायमा प्रदर्शनकारीहरूले आक्रमण गरेपछि सेनाले आइतबार देशको सबैभन्दा ठूलो शहर याङ्गुनको याङ्गुन र मन्डले जिल्लामा मार्सल कानून लागू गरेको हो । कानुन लागू भएसँगै त्यहाँ प्रदर्शन गर्ने प्रदर्शनकारीहरुविरुद्ध सैन्य अदालतमा मुद्दा चलाउन सकिने भएको छ ।

चीनले म्यानमारमा सेनालाई सहयोग पुर्याइरहेको प्रदर्शनकारीहरूले दावी गरेका छन् । म्यानमारको भएको प्रदर्शनका क्रममा आइतबार मात्र सेना र प्रहरीले चलाएको गोली लागेर ५० जना प्रदर्शनकारीको मृत्यु भएको थियो । सोमबार पनि देशका विभिन्न स्थानहरुमा सेना र प्रहरीले प्रदर्शनकारीहरुमाथि गोली चलाएका छन् ।

प्रदर्शनकारीहरूले सैनिक ‘कू’ पछि बन्दी बनाएर राखिएकी त्यहाँकी सर्वोच्च नेता आङ साङ सुची लगायतका नेताहरूको रिहाइको माग गरेका छन् । उनीहरूलाई कहाँ राखिएको छ अहिलेसम्म जानकारी दिइएको छैन । सोमबार सुचीलाई अदालतमा हाजिर गराउनुपर्ने थियो । तर, इन्टरनेटको समस्याका कारण सुनुवाइ स्थगित भएको बीबीसीले जनाएको छ । आङ साङ सूची नेशनल लिग फर डेमोक्रेसीकी नेतृ हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू