अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०७
| Colorodo: 11:22
नेपालमा पछिल्लो २४ घण्टामा थप ७९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ३ सय ११ जनामा पीसीआर परीक्षण गर्दा ७९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७५ हजार ३ सय १० पुगेको छ ।
पछिल्लो २४ घन्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको र सक्रिय सङ्क्रमितको सङ्ख्या ८ सय ९५ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो अवधिमा ७५ जना निको भएर घर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको सङ्ख्या दुई लाख ७१ हजार ४ सय एक पुगेको छ ।