अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५३ | Colorodo: 20:08

नेपालमा शान्तिको सम्भावना छैन् – क्रान्तिकारी माओवादी महासचिव मोहन वैद्य

बिआरटीनेपाल २०७७ चैत १ गते ८:२३ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले नेपालमा शान्तिको सम्भावना नरहेको बताउनु भएको छ ।आइतबार नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध जन वर्गिय संगठन तथा मोर्चाहरुले काठमाडौंको शान्तिबाटिकामा आयोजना गरेको विरोध सभामा वैद्यले नेपालमा क्रान्ति पुरा नभएकाले शान्तिको सम्भावना नरहेको बताउनुभएको हो ।

क्रान्ति गरेपछि मात्रै शान्ति आउने भन्दै उहाँले नेपालमा बन्दुक उठ्ने दाबी समेत गर्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले केही समय अघि सबै पार्टीहरु संसदवादी मुलधारमा आएको अभिव्यक्ति दिएको प्रति टिप्पणी गर्दै महासचिव वैद्यले क्रान्तिकारीहरु संसदवादी मुलधारमा नभएको र आफुहरुले वर्तमान व्यवस्था नमान्ने पनि बताउनुभयो ।

महासचिव वैद्यले मजदुर, किसान, महिला, दलित, आदिबासी जनजाति, मधेसी, लगायतको समस्या समाधान नभएको भन्दै समस्या समाधानको निम्ति क्रान्तिको तयारी गर्नुुपर्ने बताउनुभयो ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू