अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०४ | Colorodo: 20:19

तराई–मधेस द्रुतमार्गमा सेनाको अनियमितताबारे लेखा समितिले अध्ययन गर्ने

बिआरटीनेपाल २०७७ चैत १ गते ८:२२ मा प्रकाशित

संघीय संसद, प्रतिनिधिसभा अन्र्तगतको सार्वजनिक लेखा समितिले तराई मधेस द्रुतमार्ग फास्टट्रयाक अन्र्तगत फेज टु अर्थात् दोश्रो चरणको ठेक्का प्रक्रियामा भएको भनिएको अनियमिताको सम्बन्धमा अध्ययन गर्ने भएको छ ।तराई मधेस तराई–मधेस द्रुतमार्ग निर्माणको जिम्मा पाएको नेपाली सेनाले फेज टु अर्थात् दोश्रो चरणको ठेक्का प्रक्रियामा अनियमितता भएको भन्दै समितिमा उजुरी परेपछि समितिले त्यसतर्फ चासो देखाएको हो ।

दोश्रो चरणको ठेक्का प्रक्रिया अन्र्तगत सक्षम बोलपत्रदाता छनौट गर्ने क्रममा अनियमितता भएको भन्दै परेको उजुरीमा उल्लेखित दाबी तथा प्रमाणको रुपमा पेश गरिएको कागजातका आधारमा समितिले सम्बन्धीत निकायहरुसंग विभिन्न ११ बटा विषयमा प्रतिक्रिया मागेको छ ।

समितिका सचिव डा. रोजनाथ पाण्डेले प्रारम्भीक छानविनका लागि सम्बन्धित निकायसंग डकुमेण्ट मागिएको जानकारी दिदै समितिको आगामी बैठकमा एजेण्डाको रुपमा प्रवेश गराउने गरि तयारी गरिएको बताउनुभयो । सचिव डा. पाण्डेले राष्ट्रिय गौरवको आयोजना तथा सार्वजनिक महत्वको फाष्टट्रयाक निर्माण कार्यमा प्रतिष्पर्धात्मक मुल्यमा आधारित भएर सक्षम र प्रतिष्पर्धी कम्पनि छनौट होस् भन्ने हिसावले समितिले सकारात्मक रुपमा सहयोग गर्ने बताउनुभयो ।

उहाँले पूर्वयोग्यता निर्धारणको बोलपत्र दिने कम्पनि धेरै भएपनि चयन गर्ने प्रक्रियाले शंका गर्ने ठाउँ दिएकाले समितिले रक्षा मन्त्रालय मार्फत कागजात मगाईएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू