अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०८ | Colorodo: 20:23

नेपालमा थप ५३ जनामा नोबेल कोरोना भाइरसको सङ्क्रमण पुष्टि

बिआरटीनेपाल २०७७ चैत १ गते ८:२१ मा प्रकाशित

बितेको २४ घण्टामा नेपालमा थप ५३ जनामा नोबेल कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७५ हजार २ सय ३१ पुगेको छ । बितेको २४ घण्टामा ७७ जना कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म कोरोनामुक्त हुनेको सङ्ख्या भने २ लाख ७१ हजार ३ सय २६ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ३ हजार १४ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू