अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:११ | Colorodo: 01:26

कश्यप प्रसाद पौडेलद्वारा लिखित “डायनकी छोरी” लोकार्पण

बिआरटीनेपाल २०७७ फागुन २९ गते ९:३४ मा प्रकाशित

काठमाडौँ । उद्यमी तथा लेखक कश्यपप्रसाद पौडेलद्वारा लिखित “डायनकी छोरी” कथा सङ्ग्रहको लोकार्पण गरिएको छ । वरिष्ठ पत्रकार तथा सीमाविद् भैरव रिसालले कथा सङ्ग्रहको लोकार्पण गरेका छन् ।

लेखक पौड्यालले नेपाली परिवेश, मौलिक भाषालाई कथामा उतारेको बताएका छन् । उनले फरक फरक विषयका २१ वटा कथा फरक परिवेशमा आधार रहेर लेखेको बताए ।

लोकार्पण कार्यक्रममा साहित्यकार डा. तुलसी भट्टराई, नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष तारानाथ दाहाल, पूर्व प्रशासक नरेन्द्रराज पौड्याल, नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाका अध्यक्ष शान्ताराम बिडारी, प्रेस युनियन केन्द्रीय उपाध्यक्ष ईश्वरी ओझा, नेपाल पत्रकार महासङ्घ काभ्रेका पूर्व अध्यक्ष महेश पौड्याल, फोरम फर हेल्थ एण्ड टेक्निकलका महासचिव सुनिल कुमार चालिसे, नागरिक समाज जीवनलाल शर्मा, पौड्याल वंश महासङ्घका उपाध्यक्ष दीपकप्रसाद पौड्याल र पूर्व सांसद बद्रीप्रसाद खतिवडा, घोष्ट राइटिंग नेपालका अध्यक्ष कमल ढकालले किताब माथि चर्चा गरेका थिए ।

कार्यक्रममा वक्ताहरूले लेखकलाई कथा सङ्ग्रह प्रकाशन र निरन्तरताको शुभकामना दिएका थिए । सिमल बुक पब्लिकेशन्सले प्रकाशन गरेको कथा सङ्ग्रहमा २१ फरक क्षेत्रका कथा समेटिएका छन् । पुस्तकको मूल्य ३५० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू