अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३९ | Colorodo: 21:54

म मार्क्सवादी हुँ, कसैको भतुवा होइन – प्रदीप नेपाल

बिआरटीनेपाल २०७७ फागुन २९ गते ७:०९ मा प्रकाशित

कम्युनिष्ट नेता प्रदीप नेपालले नेपालमा मार्क्सवादी कोही पनि नरहेको बताउनुभएको छ । आफू सच्चा मार्क्सवादी भएको बताउँदै नेता नेपालले नेपालमा कुनै पनि नेता मार्क्सवादी नरहेको बताउनुभएको हो ।

फेसबुकमा स्ट्याटस् पोष्ट गर्दै नेपालले भन्नुभएको छ, ‘म मार्क्सवादी हुँ । नेपालका कुनै पनि नेता मार्क्सवादी रहेनन्।’

उहाँले मार्क्सवादी आफ्नो बैयक्तित स्वतन्त्रता भएको र कसैको भतुवा नभएको विचार व्यक्त गर्नुभएको छ । स्ट्याटसमा उहाँले लेख्नुभएको छ, ‘मेरो मार्क्सवाद बैयक्तिक स्वतन्त्रताको गीत हो कसैको भतुवा होइन ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू