अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४३ | Colorodo: 19:58

एमालेमा माधव नेपाल पक्षद्धारा समानान्तर कमिटी गठन

बिआरटीनेपाल २०७७ फागुन २९ गते ६:५० मा प्रकाशित

नेकपा एमालेको माधव कुमार नेपाल पक्षले विभिन्न संगठनमा समानान्तर कमिटी गठन गरेको छ । काठमाण्डौमा बसेको नेपाल पक्षीय स्थायी कमिटीको बैठकले प्रदेश र विभिन्न कमिटीमा नेतृत्व चयन गरेको हो ।

अध्यक्ष केपी शर्मा ओली पक्षले माधव नेपाल पक्षका नेताहरुलाई हटाएर संगठनको नेतृत्व हेरफेर गरेपछि नेपाल पक्षले पनि कमिटीमा समानान्तर नेतृत्व चयन गरेको हो । नेपाल समूहले प्रदेश १ को प्रमुख भीम आचार्यलाई, प्रदेश दुईमा घनश्याम भुसाललाई, वाग्मतीमा अष्टलक्ष्मी शाक्यलाई, गण्डकीमा सुरेन्द्र पाण्डेलाई, लुम्बिनी र कर्णालीको जिम्मा युवराज ज्ञवालीलाई र सुदूरपश्चिमको जिम्मा भीम रावललाई दिइएको छ ।

यस्तै विद्यार्थी विभागको जिम्मा गोकर्ण विष्टलाई, युवा विभागमा रघुजी पन्तलाई, प्रचार विभागको जिम्मा योगेश भट्टराईलाई र बुद्धिजीवी विभागको जिम्मा प्रमेश हमाललाई दिएको छ । बैठकमा स्थायी कमिटीका सदस्यहरुले अध्यक्ष केपी ओलीको मनपरीविरुद्ध डटेर लड्ने प्रणसमेत गरेको नेता भीम रावलले जानकारी दिनुभयो ।

यसैगरी, उक्त पक्षले चैत ४ गते काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला को आयोजना गरेको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूपक्षका नेताहरूलाई जिम्मेवारीबाट हटाएपछि नेपाल पक्षले राष्ट्रिय भेला गर्ने निर्णय लिएको हो । भेलाबाट आगामी कार्यदिशाबारे थप निर्णय लिइने नेपाल पक्षको तयारी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू