अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०४ | Colorodo: 18:19

अडियो क्यासेटका आविस्कारक ओटेन्सको निधन

बिआरटीनेपाल २०७७ फागुन २८ गते २:५६ मा प्रकाशित

विश्वको पहिलो अडियो क्यासेट बनाउने इन्जिनियर लोऊ ओटेन्सको ९४ वर्षको उमेरमा निधन भएको छ । नेदरल्याण्डको डाइजलमा उनले अन्तिम सास लिएका हुन् ।

ओटेन्सले पहिलो क्यासेन सन् १९६३ मा बनाइका थिए । उनको आविस्कार पछि विश्वभर अहिलेसम्म १० हजार करोड क्यासेट टेप विक्री भएको अनुमान गरिएको छ । ओटेन्सको यो आविस्कारले संगीतको क्षेत्रमा क्रान्ति ल्याएको थियो । क्यासेटले मानिसहरूलाई घुमफिरको समयमा पनि संगीत सुन्न सक्ने बनाएको थियो ।

सन् १९२६ मा नेदरल्याण्डको बेलिंगवर्ल्डमा जन्मिएका ओटेन्स इन्जिनियरिङको डिग्री पाएपछि सन् १९५२ मा बेल्जियमको एक उद्योगमा काम गर्न थाले थिए । काम गर्ने सिलसिलामा उनले थप ज्ञान र सीप हासिल गर्दै १९६३ मा अडियो क्यासेट टेप बनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू