अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:११
| Colorodo: 21:26
प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) का शिर्ष नेताहरुबीच बालुवाटारमा भेटवार्ता सकिएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले उच्चस्तरीय भेटघाट सकारात्मक रहेको जानकारी दिनुभएको छ।वार्ता सकेर केहीबेरअघि जसपाका नेताहरु बालुवाटारबाट बाहिरिएका छन् ।
शुक्रबार कार्यदलस्तरमा फेरि अनौपचारिक छलफल हुने थापाले जानकारी दिनुभएको छ ।माओवादीले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावनासँगै प्रधानमन्त्री ओलीले जसपाको समर्थन खोजिरहेका छन् ।
त्यही सिलसिलामा पार्टीका प्रमुख ५ नेताहरुसँग उहाले छलफल गर्नुभएको हो ।