अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०३ | Colorodo: 20:18

युरोपियन च्याम्पियन्स लिग – पोर्टो र डर्टमण्ड क्वाटरफाईनलमा, युभेन्टस र सेभिया बाहिरिए

बिआरटीनेपाल २०७७ फागुन २६ गते ८:०३ मा प्रकाशित

जर्मनीको बोरुसिया डर्टमण्ड र पोर्चुगलको एफ.सी पोर्टो युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेका छन् । गएराति भएको राउण्ड अफ सिक्सटिनको दोस्रो लेगको खेलमा डर्टमण्डले स्पेनको सेभियासँग २–२ गोलको बराबरी खेल्यो । पहिलो लेगको खेल ३–२ ले जितेको डर्टमण्डले समग्रमा खेल ५–४ ले आफ्नो पक्षमा पारेको हो ।

यस्तै गएराति नै भएको अर्को खेलमा १० जनामा सेमटिएको एफसी पोर्टोले इटालीको युभेन्टसलाई निराश पा¥यो । दोस्रो लेगमा युभेन्टससँग ३–२ ले हारेपनि पहिलो लेगमा २–१ ले जितेको पोर्टोले समग्रमा खेल ४–४ गोलको बराबरीमा पुर्यायो ।

यसपछि युभेन्टसको मैदानमा गरेको दुई अवे गोलको मद्दतमा पोर्टो क्वाटरफाईनलमा पुगेको हो । युएफा च्याम्पियन्स लिगअन्तर्गत राउण्ड अफ सिक्सटिनका दुई खेल आज राती हनेछन् । आज इंग्ल्याण्डको लिभरपुल र जर्मनीको आर.बी लेप्जीग तथा फ्रान्सको पेरिस सेन्ट जर्मेन र स्पेनको बार्सिलोना भिड्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू