अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५६
| Colorodo: 07:11
नेपालमा पछिल्लो २४ घण्टामा थप १०४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ८८ जनामा पिसिआर परिक्षण गर्दा १०४ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ९७३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ६३ जना कोरोना संक्रमणबाट संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोनाबाट संक्रमणमुक्त हुनेको संख्या २ लाख ७१ हजार ५० पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन् । हासम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १२ पुगेको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या ९११ रहेको छ ।