अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५४ | Colorodo: 19:09

पोखरामा असिनापानीले क्षति

बिआरटीनेपाल २०७७ फागुन २६ गते ७:३८ मा प्रकाशित

पोखरा क्षेत्रमा बुधबार दिउँसो भीषण असिनापानी परेको छ । जल तथा मौसम विज्ञान कार्यालयका अनुसार प्री मनसुन सुरु भएपछिको यो पहिलो वर्षा हो । भीषण असिनापानीले पोखरा र आसपासका क्षेत्रको खेतबारीमा लगाइएको तरकारीबालीमा क्षति पुर्याएको छ । जल तथा मौसम विज्ञान कार्यालय पोखराका प्रमुख राजारामप्रसाद ढकालका अनुसार प्रीमनसुन मार्च १ देखि सुरु हुन्छ र जुन ९ सम्म रहन्छ । प्री मनसुनको अवधि सकिएपछि बल्ल मनसुन सुरु हुन्छ ।

उहाँका अनुसार प्र्री मनसुनको अवधिमा वायुमण्डल ‘अनस्टेबल’ हुने हुँदा दिउँसोमा घाम लाग्ने बेलुकीपख पानी पर्ने सम्भावना रहन्छ । ढकालका अनुसार प्री मनसुनमा गड्याङगुडुङ गर्ने, चट्याङ पर्ने, हावाहुरी चल्ने र वर्षा हुने सम्भावना हुन्छ । यो बेलामा असिना पनि पर्न सक्ने उहाँले जानकारी दिनुभयो । तराईको भेगमा आगलागी हुने र पहाडी भेगमा चट्याङको त्रास हुने ढकालको भनाई छ ।

असिनापानी परेपछि किसानले भने राहत महसुस गरेका छन् । तर असिनाले थिच्दा क्षति पनि भोग्नुपरेको छ । लामो समय पानी नपर्दा चिन्तित भएका किसान खुुसी भएका छन् । असिनाले तरकारी खेती पनि नोक्सान गरेको पोखरा महानगरपालिकाको कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू