अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३५ | Colorodo: 22:50

माओवादी केन्द्र स्थायी समिति बैठक– संगठन निर्माणलाई ठोस रुप दिने निर्णय

बिआरटीनेपाल २०७७ फागुन २६ गते ७:३३ मा प्रकाशित

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले संगठन निर्माणलाई ठोस रुप दिने निर्णय गरेको छ । आज पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकले संगठन निर्माणको योजनालाई ठोस रूप दिन चार सदस्यीय कार्यदल गठन गरेको छ । गिरिराजमणि पोखरेल, पम्फा भुसाल, जनार्दन शर्मा र वर्षमान पुन रहेको कार्यदलले केही दिनभित्रै प्रतिवेदन पेश गर्ने निर्णय पनि बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ११ गते सर्वोच्चको फैसला पछि राजीनामा दिनुपर्ने भए पनि नदिएपछि अन्य दलसँग सहकार्य गरेर निर्णय लिने श्रेष्ठले जानकारी दिनुभयो । संसद अब दुई वर्ष चल्नुपर्ने भएकाले आफूहरुले हतारमा निर्णय नगरेको उहाँको भनाइ छ । नेपाली काँग्रेस र जनता समाजवादी दलसँगको छलफल पछि सरकारलाई दिएको समर्थन पनि फिर्ता लिँदै नयाँ सरकारको लागि पहल गर्ने श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू