अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०४ | Colorodo: 18:19

ट्रम्पले १३ देशमाथि लगाएको प्रतिबन्ध फुकुवा, भिसाका लागि पुनः आवेदन दिन आह्वान

बिआरटीनेपाल २०७७ फागुन २५ गते ७:२४ मा प्रकाशित

अमेरिकी विदेश विभागले विभिन्न देशमा ट्रम्प प्रशासनले लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । प्रतिबन्ध फुकुवासँगै १३ देशका नागरिकहरुले भिसाका लागि पुनः आवेदन दिन पाउने भएका छन् । ट्रम्प प्रशासनले धेरैजसो मुस्लिम देश र केही अफ्रिकी देशमा प्रतिबन्ध लगाउनुभएको थियो ।

राष्ट्रपति जो बाइडनले आफूले पदभार ग्रहण गरेको पहिलो दिनमा ट्रम्पले लगाएको प्रतिबन्धलाई खारेज गर्नुभएको थियो । बाइडनले ट्रम्पको प्रतिबन्ध लगाउने निर्णयलाई ‘राष्ट्रिय विवेकमाथिको धब्बा’को संज्ञा दिनुभएको थियो । विदेश विभागका प्रवक्ता नेड प्राइसले २० जनवरी २०२० भन्दा अघि भिसा दिन अस्वीकार गरेकाहरूलाई पुनः आवेदन दिएर आवेदन शुल्क बुझाउन आग्रह गर्नुभएको छ । साथै सो मितिभन्दा पछि दिएर अस्वीकार भएकाहरुले पनि पुनर्विचारको मागसहित आवेदन दिनसक्ने प्राइसले बताउनुभयो ।

अमेरिकी विदेश विभागको तथ्याङ्क अनुसार यात्रा प्रतिबन्धका कारण करिब ४० हजार मानिसले अमेरिका प्रवेश गर्न पाएका थिएनन् । ट्रम्प प्रशासनले ईरान, लिबिया, सोमालिया, सूडान, सिरिया, यमन लगायत १३ देशबाट अमेरिका आउने यात्रीलाई प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू