अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३९ | Colorodo: 23:54

स्थायी शान्तिका लागि जनमत संग्रहमा जानुपर्छ– विप्लव

बिआरटीनेपाल २०७७ फागुन २५ गते ७:१८ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द ‘विप्लव’ले देशमा स्थायी शान्तिका लागि जनमत संग्रहमा जानुपर्ने बताउनुभएको छ । गृह जिल्ला कपिलवस्तुमा पार्टी निकट नेपाल महिला संघको सातौं राष्ट्रिय सम्मेलनमा बोल्दै महासचिव विप्लवले जनमत संग्रहबाट मात्र मुलुकले स्थायी निकास पाउने बताउनुभयो ।

पुँजीवादी संसदीय व्यवस्था असफल भएको दावी गर्दै उहाँले वैज्ञानिक समाजवाद र पुँजीवादी व्यवस्थाकाबीचमा जनमत संग्रह गराउन आवश्यक रहेको बताउनुभयो । स्वार्थको लडाईंमा प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलले जनताले दिएको दुई तिहाइ मतको दुरुपयोग गरेको विप्लवको आरोप छ ।

आफूहरूले लिएको बाटो सही रहेको दावी गर्दै विप्लवले आफूहरूमाथि लागेको प्रतिबन्ध गलत भएको सरकारले स्वीकारेकाले सहमति भएको बताउनुभयो । युद्ध लडेका पुष्पकमल दाहाल र बाबुराम भट्टराई पुँजीवादी व्यवस्थामा ढल्किसकेकाले अब युद्धको बाटो गलत भएको पुष्टि हुने उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू