अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०७ | Colorodo: 19:22

चेल्सीद्धारा एभर्टन २–० ले पराजित

बिआरटीनेपाल २०७७ फागुन २५ गते ७:१४ मा प्रकाशित

इंग्लीश प्रिमियर लिग फुटबलमा चेल्सीले एभर्टनलाई २–० ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन जर्गीनोले पेनाल्टीमार्फत एक गोल गरे ।एभर्टनका बेन गडफ्रेले एक आत्माघाति गोल गरेपछि चेल्सीले सहज जित निकालेको हो । जर्मन प्रशिक्षक थोमस टुकेललाई जिम्मेवारी सुम्पिएपछि चेल्सीले एउटा पनि खेल हारेको छैन । टुकेलको नेतृत्वमा चेल्सीले ६ खेल जितेको छ भने तीन खेल बराबरी गरेको छ ।

प्रिमियर लिगकै अर्को खेलमा वेष्ट ह्याम युनाईटेडले लिड्स युनाईटेडलाई २–० ले हराएको छ । खेलमा वेष्ट ह्यामलाई विजयी गराउन जेस्सी लिङ्गार्ड र क्रेग डसनले एक एक गोल गरे ।

गएरातिका खेलहरुपछि इंग्लीश प्रिमियर लिग फुटबलको अंक तालिकामा २८ खेलबाट ६५ अंक जोडेको म्यान्चेस्टर सिटी शिर्ष स्थानमा यथावत छ । समान खेलबाट ५४ अंक जोडेको म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको लेष्टर सिटीको ५३ अंक छ । ५० अंक जोडेको चेल्सी चौथो स्थानमा रहँदा ४८ अंकका साथ वेष्ट ह्याम युनाईटेड पाँचौ स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू