अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४९ | Colorodo: 07:04

समयमै पाठ्यपुस्तक छापेर विद्यार्थीको हातमा पुर्याउन जनक शिक्षा सामग्री केन्द्रलाई शिक्षामन्त्रीको निर्देशन

बिआरटीनेपाल २०७७ फागुन २५ गते ७:०९ मा प्रकाशित

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले समयमै पाठ्यपुस्तक छापेर विद्यार्थीको हातमा पु¥याउन जनक शिक्षा सामग्री केन्द्रलाई निर्देशन दिनुभएको छ । आज जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको अनुगमनमा पुगेका मन्त्री श्रेष्ठले केन्द्रले विद्यार्थीलाई समयमा पुस्तक दिन नसकेको आलोचना धेरै आउने भन्दै अब त्यस्तो गुनासो आफूले सुन्न नचाहेको बताउनुभयो ।

कुनैपनि हालतमा विद्यार्थीलाई अभाव हुन नदिने गरी पाठ्यपुस्तक प्रकाशन गर्न उहाँले निर्देशन दिनुभयो । पुस्तक नै विद्यार्थीलाई समयमा दिन सकेन भन्ने आलोचना धेरै आउने गरेकोले कुनैपनि पुस्तकको छपाइ समयमा गर्ने र काठमाडौंमा बसेर जुम्लाको विकट गाउँको विद्यालयमा पनि त्यसलाई पुर्याउनुपर्छ भनेर सम्झन उहाँले केन्द्रलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू