अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३७ | Colorodo: 09:52

प्रतिमाको प्रेम प्रार्थना र अक्षत अनुराग विमोचित

बिआरटीनेपाल २०७७ फागुन २५ गते ६:५० मा प्रकाशित

काठमाडौँ, अढाई दशकदेखि गीत लेखनमा सक्रिय गीतकार प्रतिमा श्रेष्ठको दुई कृति एकसाथ सोमबार राजधानीमा एक समारोहबिच सार्वजनिक भएको छ ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आफ्नो उनले आफ्नो नयाँ गीतिसँग्रह प्रेम प्रार्थना र गीति पुस्तक अक्षत अनुराग सार्वजनिक गरेकी हुन् । यी कृतिको अग्रज गायक दीप श्रेष्ठ, गीतकार दिनेश अधिकारी, डा. कृष्णहरि बराल र विप्लव प्रतिकले विमोचन गरेका हुन् ।

विमोचित गीतिसँग्रह प्रेम प्रार्थनामा पाँच वटा गीतहरू छन् । जसमा मेरो हजुर… प्रेम प्रार्थना…, मिल्छ भने एउटा…, सुनन…, किस्ता किस्ता…बोलका गीत छन् । यी सबै गीत प्रतिमाले लेखेकी हुन् । सबै गीतमा अनिल शाहीको सङ्गीत रहेको छ । यी गीतहरूलाई स्वरूपराज आचार्य, इतु जोजिजु, बविता मानन्धर, अस्मिता परियारले गाएका हुन् । गीतिसँग्रहलाई मिडिया ल्यान्डले बजारमा ल्याएको हो ।

यसै एल्बमको तीन वटा गीतको भिडियो पनि कार्यक्रममा सार्वजनिक गरियो । जस मध्य प्रेम प्राथनामा धिरेन शाक्य र उषा खड्गीको अभिनय रहेको छ । यस्तै किस्ता किस्ता…मा, सङ्गीतकार अनिल र गायिका अस्मिताले अभिनय गरेका छन् । सुनन…गीतमा भने दिवस श्रेष्ठ, सब्बु शाहीको अभिनय रहेको छ । यस्तै गीति पुस्तक अक्षत अनुरागमा आफूले विभिन्न कालखण्डमा लेखेका ७२ वटा गीतहरू रहेको गीतकार प्रतिमाले कार्यक्रममा बताइन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू