अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३६ | Colorodo: 07:51

पैँतालिसौं वर्षगाँठमा हरिभक्तको एकमात्र विमोचन

बिआरटीनेपाल २०७७ फागुन २४ गते ११:५४ मा प्रकाशित

काठमाडौँ । आध्यात्मिक चिन्तन र साहित्यमा कलम चलाउने हरिभक्त सिग्देल ‘महेश’ले आफ्नो पैँतालिसौं वर्षगाँठको अवसरमा आध्यात्मिक चिन्तन ‘एकमात्र’ कृति विमोचन भएको छ ।

‘लोक साहित्य भवन’मा शताब्दी पुरुष सत्यमोहन जोशीका हातबाट कृति विमोचन गरिएको हो ।

सोमबार बिहान ललितपुरमा रहेको ‘लोक साहित्य भवन’मा शताब्दी पुरुष सत्यमोहन जोशीबाट लोकार्पण गरिएको पुस्तकको विमोचन पुनः दिउँसो ‘होटेल अकामा’ धुम्बाराहीमा संयुक्त रूपमा विमोचन गरिएको हो ।

हिन्दु धर्मका विज्ञ डा. ऋषिराम पोखरेल, बुद्ध धर्मका विज्ञ नजरुल हुसैन, इसाई धर्मका विज्ञ डा. के.वी.रोकाया, नेपाल सरकारका सचिव एवं समालोचक गोपीनाथ मैनाली, प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल र प्रा.डा. खेम कोइराला ‘बन्धु’ले संयुक्त रूपमा गरेका हुन् ।

४५ औँ वर्षगाँठमा शुभकामना ४३ औँ कृति
हरिभक्त सिग्देल ‘महेश’ र मिना सिग्देल उप्रेतीको ४५ औँ वर्षगाँठको शुभ अवसर पारी सिग्देलको ४३ औँ कृतिको विमोचन भएको हो । सो शुभ अवसरमा विभिन्न विद्वानहरूले सुखद वैवाहिक जीवनको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा साहित्यकारहरू युवराज मैनाली, डा. अर्जुनदेव भट्ट, पुरुषोत्तम सिग्देल, दामोदर पुडासैनी ‘किशोर’, श्रीहरि फुयाँल लगायतले शुभकामना व्यक्त गरे ।

‘खड्गध्वज–गङ्गादेवी सिग्देल स्मृति साहित्य सारथि पुरस्कार तथा सम्मान २०७७ को शुभारम्भ
आध्यात्मिक चिन्तक हरिभक्त सिग्देल महेशको बुबा–आमा खड्गध्वज–गङ्गादेवी का स्मृतिमा प्रत्येक वर्ष नेपाली साहित्यको श्रीवृद्धिमा योगदान दिने साहित्यिक सङ्घ–संस्था र साहित्यकारलाई सम्मानित तथा पुरस्कृत गर्ने उद्देश्य राखी नगद रु पन्ध्र हजार पाँच सय पचपन्न सहित प्रत्येक वर्ष सम्मानको शुभारम्भ गरेको हो ।

सो पुरस्कारबाट पहिलो वर्ष २०७७ बाट साहित्य बाटिका नेपालका भैरवी भूगोल र बलराम दाहालको जोडीलाई प्रदान गरियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू