अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३७ | Colorodo: 13:52

नेकपा विवाद– तत्कालका लागि सर्वोच्चको फैसला कार्यान्वय गर्दै एमाले र माओवादी केन्द्र छुट्टिने

आ–आफ्नो पार्टीमा रहेर एकता प्रयास गर्ने प्रचण्ड–नेपाल समूहको निष्कर्ष

बिआरटीनेपाल २०७७ फागुन २४ गते ७:३५ मा प्रकाशित

साविक नेकपा अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले सर्वोच्च अदालतको फैसला अनुसार पूर्ववतः पार्टी एमाले र माओवादी केन्द्रमा नै रहेर एकता प्रयास गर्ने निर्णय गरेको छ । सोमबार पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी कमिटीको अनौपचारिक बैठकले पूर्वएमाले नेताहरु एमालेमै रहने र प्रचण्डसहितका पूर्वमाओवादी नेताहरु माओवादी केन्द्रमै रहने र एकता प्रयास गर्ने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

आइतबार सर्वोच्च अदालतले नेकपालाई मान्यता नदिई एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएको थियो । रिट निवेदकको माग दाबीभन्दा बाहिर गएर एकीकृत पार्टीलाई विभाजन गर्ने फैसला प्रति गम्भीर असहमति रहँदा रहँदै पनि फैसला कार्यान्वयको प्रक्रियामा जाने बैठकले निर्णय गरेको श्रेष्ठले बताउनुभयो ।

आजको बैठकमा सर्वोच्च अदालतले नेकपाका सन्दर्भमा गरेको फैसलाबारे गम्भीर छलफल भएको र रिट निवेदकको माग दाबीभन्दा बाहिर गएर गरेको राजनीतिक फैसलाका रुपमा त्यसलाई पार्टीले लिएको छ । रिट निवेदको माग दाबीभन्दा बाहिर गएर एकीकृत पार्टीलाई विभाजन गर्ने फैसला प्रति पार्टीको गम्भीर असहमति रहेपनि आफ्नै ढंगले कार्यान्वयको प्रक्रियमा जाने स्पष्ट उल्लेख भएको श्रेष्ठले बताउनुभयो । कानुनी ढंगले पनि उपचार खोज्ने प्रक्रिया अगाढि बढाउने बैठकले निष्कर्ष निकालेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू