अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४५ | Colorodo: 00:00

देशभर पार्टी कार्यालयमा ‘नेकपा’ हटाएर एमालेको बोर्ड र झण्डा राख्ने क्रम शुरु

बिआरटीनेपाल २०७७ फागुन २४ गते ७:२१ मा प्रकाशित

सर्वाेच्च अदालतको आइतवारको फैसलाबाट नेकपा एमाले ब्यूतिएपछि देशभरका पार्टी कार्यालयबाट ‘नेकपा’ हटाएर नेकपा एमालेका बोर्ड र झण्डा फहराउने अभियान चलेको छ । विभिन्न जिल्लामा तत्कालीन नेकपा एमालेको कार्यालय रहेका ‘मदन आश्रिम भवन’मा फेरि एमालेको झण्डा राख्न थालिएको छ ।

विराटनगर र हेटौंडामा एकीकरणपछिको झण्डा र बोर्ड हटाएर नेकपा एमालेको झण्डा र बोर्ड राखिएको छ । आइतवार नेकपा नाम विवादमा फैसला सुनाउँदै अदालतले पार्टी एकता बदर गर्दै साविकका नेकपा एमाले र माओवादी केन्द्र कायम हुने आदेश गरेको छ । सर्वाेच्चको आदेशपछि प्रधानमन्त्री केपी शर्मा ओली समूहले पार्टी कार्यालयमा बोर्ड र झण्डा फेरिरहेको छ भने प्रचण्ड–नेपाल समूह अन्योलमा छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू