अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२१ | Colorodo: 02:36

प्रतिबन्ध फुकुवाको हस्ताक्षरपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा विप्लव

बिआरटीनेपाल २०७७ फागुन २४ गते ७:१६ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ कपिलवस्तु पुग्नुभएको छ । नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच फागुन २१ गते तीनबुँदे सहमतिमा हस्ताक्षर भएपछि विप्लव सार्वजनिक कार्यक्रममा सहभागी हुनुभएको हो ।

अखिल नेपाल महिला संघ क्रान्तिकारी ७ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न विप्लव कपिलवस्तु जानुभएको होे । गृह जिल्ला समेत रहेको कपिलवस्तुको शिवगढीमा आयोजित राष्ट्रिय सम्मेलनलाई बिप्लवले सम्बोधन गर्नुभएको अखिल नेपाल महिला संघ क्रान्तिकारीकी अध्यक्ष बन्धु चन्दले जानकारी दिनुभयो ।

महिला सघंको कार्यक्रममा केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बस्तोला, केन्द्रीय सदस्य कृति र असलले सम्मेलन सम्बोधन गर्नुभएको थियो । सोमबार उद्घाटन गरिएको सम्मेलनले नयाँ महिला संघको नेतृत्व चयन गर्ने नेपाल कम्युनिष्ट पार्टी कपिलवस्तु इन्चार्ज जुझारुले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू