अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५५ | Colorodo: 01:10

एसिड छ्याप्नेलाई सार्वजनिक स्थलमा झुण्ड्याउनुपर्छ– मुख्यमन्त्री राउत

बिआरटीनेपाल २०७७ फागुन २४ गते ७:०९ मा प्रकाशित

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले एसिड छ्याप्ने व्यक्तिलाई सार्वजनिक स्थलमा झुण्ड्याउनु पर्ने बताउनुभएको छ ।१ सय ११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले संविधान संशोधन गरेर भए पनि यस्ता अपराधीलाई झुण्ड्याउनुपर्ने कानुन ल्याउनुपर्ने बताउनुभयो ।

प्रदेश सरकारसँग आफ्नो प्रशासन नभएकाले पनि आशा गरे अनुरुप अपराध न्युनीकरण गर्न नसकिएको मुख्यमन्त्री राउतको गुनासो छ । उहाँले प्रदेश सरकारले चाँडै आफ्नो अधिकार पाउने विश्वास व्यक्त गर्दै प्रदेश सरकारले नै अपराध निर्मूल पार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत सोमबार प्रदेश सरकारले ८ कक्षामा अध्ययनरत १ हजार ५ सय २० जना छात्रालाई साइकल वितरण गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू