अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२६ | Colorodo: 11:41

सनातन धर्मलाई कमजोर बनाउँदा बलात्कार र महिला हिंसा भयो– राप्रपा अध्यक्ष कमल थापा

बिआरटीनेपाल २०७७ फागुन २४ गते ७:०८ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सनातन धर्म र संस्कृतिमाथि विश्वास घटाउने कार्य भएकाले दुश्कर्महरू बढेर गएको बताउनुभएको छ । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनद्वारा १ सय ११औं नारी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले सनातनदेखि मान्दै आएको धर्मलाई स्वार्थका खातिर कमजोर बनाउँदै लगिएकोले महिलामाथि हिंसा, बलात्कार लगायतका कार्यले प्रश्रय पाएको बताउनुभयो । उहाँले परम्परादेखि चल्दै आएको धर्म र पापको डरलाई कायम राख्न सकेमात्र जनजीवन सहज ढङ्गले अघि बढ्ने बताउनुभयो ।

धर्म र संस्कृतिलाई हृदयदेखि अनुशरण गर्न महिलाहरू नै अग्रपङ्तीमा रहनुभएकोले यसलाई व्यापकता दिलाउन पनि महिलाहरूकै भूमिका उपयुक्त हुने थापाले बताउनुभयो । धर्म संस्कृतिलाई जोगाउन राप्रपाले प्रण गरेको हुँदा पार्टीको संगठनलाई मजबुत बनाएर आगामी निर्वाचनमा देशको प्रमुख राजनीतिक शक्ति स्थापित गर्न महिला नेतृहरुलाई संगठन निमाणमा जुट्न उहाँले निर्देशन दिनुभयो ।

स्थानीय निकायको प्रत्येक वडामा एकजना महिला प्रतिनिधि अनिवार्य रुपमा हुनुपर्छ भनी कार्यान्वयनको चरणमा पहिलो पटक प्रवेश गराउन राप्रपा सरकारमा रहेको अवस्थामा सफल भएको थापाको दाबी छ । संविधान र कानुनमा मात्र महिला अधिकारको कुरा गरेर मात्र नहुने भएकोले त्यसलाई हुवहु व्यवहारमा उतार्नु आजको चुनौति उहाँको भनाइ छ ।

महिलाहरुको नेतृत्व विकासलाई मध्यनजर गर्दै राप्रपाले आगामी बैशाख २५ देखि २८ सम्म हुने केन्द्रीय महाधिवेशनमा प्रत्येक प्रदेश निर्वाचन क्षेत्रबाट तीन जना महाधिवेशन प्रतिनिधि चुनिने व्यवस्था गरेको थापाले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू