अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३९ | Colorodo: 05:54

राष्ट्रपतिबाट मुस्कान सम्मानित

बिआरटीनेपाल २०७७ फागुन २४ गते ७:०७ मा प्रकाशित

अमेरिकी सरकारबाट प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) सम्मान प्राप्त गर्न सफल मुस्कान खातुनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पनि सम्मान गर्नुभएको छ ।महिला दिवसको अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आयोजना गरेको समारोहमा खातुनलाई सम्मान गरिएको हो ।

राष्ट्रपति भण्डारीले खातुनलाई प्रशंसापत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो । एसिड आक्रमणमा परेकी खातुनले महिला र बालिकाको पक्षमा गरेको संघर्षका कारण प्रतिष्ठित अमेरिकी सम्मान पाउनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू