अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०८ | Colorodo: 16:23

हरेक वर्ष विश्वभर ९० करोड टन खानेकुरा खेर जान्छ– फुड वेस्ट इन्डेक्स

बिआरटीनेपाल २०७७ फागुन २४ गते ७:०६ मा प्रकाशित

विश्वभर हरेक वर्ष ९० करोड टन खानेकुरा खेर जाने गरेको पाइएको छ ।विश्वव्यापी एउटा प्रतिवेदनअनुसार हरेक वर्ष ९० करोड टन खाद्यान्न फ्याँक्ने गरिएको छ । संयुक्त राष्ट्रसङ्घको वातावरण कार्यक्रम फुड वेस्ट इन्डेक्सले पसल, घर र रेस्टुरेन्टमा उपभोक्ताको निम्ति उपलब्धमध्ये १७ प्रतिशत खानेकुरा सिधै फोहर फालिने भाँडोमा जाने गरेको देखाएको बीबीसीले जनाएको छ ।

यसमध्ये झण्डै ६० प्रतिशत घरबाट निस्किन्छ । राष्ट्रसङ्घको साझेदार सङ्गठन कार्यक्रमको प्रतिवेदनले विश्वव्यापी समस्यालाई उजागर गरेको छ जुन पहिले अनुमान गरेभन्दा धेरै ठूलो छ । न्यून र उच्च आय भएका देशहरूबीच कुन तहमा यो समस्या फरक छ भन्ने कुरा खुट्याउन भने नसकिने अवस्था रहेको प्रतिवेदनले जनाएको छ । प्रतिवेदनमा मानिसले थप सावधानीपूर्वक खाना र किनमेलबारेको योजना बनाउन थालेको उल्लेख गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू