अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२२ | Colorodo: 03:37

इक्वेडरमा विस्फोट हुँदा १७ जनाको मृत्यु ४२० घाइते

बिआरटीनेपाल २०७७ फागुन २४ गते ७:०१ मा प्रकाशित

मध्य अफ्रिकामा रहेको इक्वेडरको गुयनामा भएको शक्तिशाली विस्फोटमा परेर कम्तिमा १७ जनाको मृत्यु भएको छ । सैन्य इलाकामा भएको विस्फोटमा परेर भने ४ सय २० जना भन्दाबढी व्यक्ति घाइते भएको बीबीसीले जनाएको छ ।राष्ट्रिय टेलिभिजनमार्फत एक विज्ञप्ती जारी गर्दै राष्ट्रपति तेओडोरो ओबियाङले सेनाको लापरवाहीका कारण सो विस्फोट भएको बताउनु भएको छ ।

उहाँले सेनाको बेसक्याम्पमा डाइनामाइट प्रयोगमा भएको लापरवाहीले सो विस्फोट भएको दावी गर्नु भएको छ । विस्फोटलगत्तै सामाजिक सञ्जाल र टेलिभिभजनमा धुवाँको मुस्लोसहित धेरै व्यक्ति हताहत भएका दृष्यहरु देखाइएका थिए ।

सरकारी टेलिभिजनले फोहोरको थुपा्रेबाट घाइतेहरुको उद्दार गरिएका दृष्यहरु प्रशारण गरेको छ । कतिपय सर्वसाधारण भने धुवाँको मुस्लो देखेसँगै सुरक्षित स्थानतर्फ स्थानान्तरण भएको बताइएको छ । अस्पतालहरुमा घाइतेहरको भीड लागेगको बताइएको छ । कच्चा तेलको भण्डारण रहेपनि इक्वेडरमा अत्याधिक जनसंख्या गरिब रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू