अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४९ | Colorodo: 06:04

महिलाहरुले ५० प्रतिशत अधिकार प्राप्तिका लागि आन्दोलन गर्नुपर्ने– नेतृ भुसाल

बिआरटीनेपाल २०७७ फागुन २४ गते ६:५८ मा प्रकाशित

पुष्पकमल प्रचण्ड – माधवकुमार नेपाल नेतृत्वको साविकको नेकपाका नेता पम्फा भुसालले महिलाहरुले ५० प्रतिशत अधिकार प्राप्तिका लागि आन्दोलन गर्नुपर्ने बताउनुभएको छ । आज १ सय ११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा अनेरास्ववियूले आयोजना गरेको टेम्पो चालक महिला सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले ५० प्रतिशत भन्दा बढी संख्यामा रहेका महिलाहरुले सबै क्षेत्रमा ५० प्रतिशतभन्दा बढी अधिकार प्राप्तिको निम्ति आन्दोलन गर्नुपर्ने बताउनुभएको हो ।

संविधानतः महिलाहरुले धेरै अधिकार पाएको भए पनि कार्यान्वयनको चुनौती रहेको भन्दै उहाँले त्यसको कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । ५० प्रतिशत बढी रहेका महिलाले ५० प्रतिशतभन्दा बढी सबै क्षेत्रमा अवसर अवसर पाउनुपर्ने उल्लेख गर्दै उहाँले अहिलेसम्म पाएका अधिकारको कार्यान्वयन सहित नपाएका अधिकारको निम्ति यो आन्दोलनलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । संविधानमा व्यवस्था भए पनि कार्यान्वयनको तहमा चुनौती रहेको भुसालको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू