अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२७ | Colorodo: 15:42

नेपालमा २४ घण्टामा ८९ जनामा कोरोना सङ्क्रमण, १ जनाको ज्यान गयो

बिआरटीनेपाल २०७७ फागुन २४ गते ६:५७ मा प्रकाशित

पछिल्लो २४ घण्टामा नेपालमा ८९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।४ हजार ३ सय ९९ जनामा पीसीआर परीक्षण गर्दा ८९ जनामा सङ्क्रमण पुष्टि भएको र अहिलेसम्म कोरोना पोजेटिभ हुनेको सङ्ख्या २ लाख ७४ हजार ८ सय १० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप ४२ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ७० हजार ९ सय २७ पुगेको छ । अब नेपालमा ८ सय ७२ जना सक्रिय सङ्क्रमित रहेका छन् । थप १ जनाको सङ्क्रमणका कारण ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ३ हजार ११ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू