अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०७ | Colorodo: 14:22

महिला हिंसाको अन्त्य नभएसम्म नेपाली समाज सभ्य र सुरक्षित बन्न सक्दैनः उपराष्ट्रपति पुन

बिआरटीनेपाल २०७७ फागुन २४ गते ६:५७ मा प्रकाशित

उपराष्ट्रपति नन्दबहादुर पुनले महिला हिंसाको अन्त्य नभएसम्म नेपाली समाज सभ्य र सुरक्षित बन्न नसक्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल चेम्बर अफ कमर्सको महिला चेम्बरद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले महिला हिंसाका घटनाहरु न्युनिकरण हुन नसकेको र अपराधीहरू कानुनी दायरामा आउन नसकेकाले सबैले गम्भिरतापूर्वक सोच्ने बेला आएको बताउनुभयो ।

उहाँले महिला हिंसाका घटनाले दिदीबहिनीहरुले असुरक्षित महसुस गरिरहेको उल्लेख गर्दै महिला हिंसाको अन्त्य बिना समाज सभ्य र सुरक्षित बन्न नसक्ने बताउनुभएको हो । महिला हिंसाका घटना न्युनिकरण हुन नसक्नु ज्यादै दुःखको कुरा भएको उहाँले बताउनुभयो । स–साना बालबालिकाहरूको बलात्कारपछि हत्याका घटनामा अपेक्षाकृत न्युनिकरण हुन नसकिरहेको र कतिपय घटनाका अपराधीहरू कानुनको दायरामा आउन नसकेकोमा उहाँले दुःख व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू