अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३७ | Colorodo: 12:52

“महिलालाई हेयको दृष्ट्रिकोण परिवर्तन गर्न संघर्ष गर्नुपर्छ ”– राष्ट्रपति भण्डारी

बिआरटीनेपाल २०७७ फागुन २४ गते ६:५४ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले महिलालाई हेयको भावले हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्न संघर्ष गर्नुपर्ने बताउनुभएको छ । १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले असमानताको दृष्टिकोणलाई परिवर्तन गर्न चेतनामुलक कार्यक्रम र समाजको मनोविज्ञान परिवर्तन गर्ने गरी संघर्ष गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सामाजिक न्याय र समानताको निम्ति प्रतिबद्ध रहेको बताउनुभयो । पूर्ण रूपमा समानता प्राप्त नभएसम्म महिलाहरूका लागि विशेष व्यवस्था गरेर समानताको बाटोमा अघि बढ्ने उहाँको भनाइ छ ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले महिला शसक्तिकरण र लैङ्गीक समानता प्राप्ति गर्ने दिशामा सरकारले नीतिगत, संस्थागत र कार्यगत प्रयासहरूलाई प्राथमिकताका साथ अघि बढाएको बताउनुभयो । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले राज्यले महिला हिंसा अन्त्यका लागि बनेका कानुन कार्यान्वयनको अवस्थाको अनुगमन गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू