अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५० | Colorodo: 22:05

अमेरिकामा तेस्रो राहत चेक १ हजार ४ सय डलर पाउने पक्का

बिआरटीनेपाल २०७७ फागुन २३ गते १३:४७ मा प्रकाशित

न्यु योर्क । सिनेटले राष्ट्रपति जो बाइडेनको १ दशमलव ९ ट्रिलियन डलरको कोरोना भाइरस राहत प्याकेज पारित गरेको छ । शनिवार उक्त प्याकेज पारित भएसँगै अमेरिका निवासीले तेस्रो राहत चेकमा १ हजार ४ सय अमेरिकी डलर पाउने पक्का भएको छ ।

सिनेटबाट पारित उक्त प्याकेजको मस्यौदा स्वीकृतिका लागि हाउस अफ रिप्रिजेन्टेटिभ पठाइएको छ । हाउसले स्वीकृति प्रदान गर्नसाथ त्यसमा राष्ट्रपति बाइडेनले हस्ताक्षर गर्नेछन् । राष्ट्रपति बाइडेनले मार्च १४ अघि नै त्यसमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ । उक्त मितिदेखि अहिलेको बेरोजगार राहत भत्ताको अवधि समाप्त हुँदैछ ।

पारित राहत प्याकेज अनुरूप वार्षिक ७५ हजार अमेरिकी डलरसम्म आय भएका व्यक्ति तथा १ लाख ५० हजार अमेरिकी डलरसम्म आय भएका जोडीले १ हजार ४ सय डलरको चेक पाउनेछन् । तर, वार्षिक आय ८० हजार डलर भएका व्यक्ति र १ लाख ६० हजार डलर आय भएका जोडी यो राहत चेकका लागि अयोग्य हुनेछन् ।

हाउसले छिटोमा मङ्गलवार सम्म राहत प्याकेज पारित गर्न सक्छ । त्यसो भए राष्ट्रपति बाइडेनले त्यसमा बुधवार हस्ताक्षर गर्न सक्छन् । त्यसो भए मार्च १७ देखि करदाताको खातामा १ हजार ४ सय डलरको चेक सोझै पठाउन सकिन्छ । त्यस्तै पेपर चेक त्यसको अर्को सातादेखि र मार्च ३१ देखि इकोनोमिक इम्प्याक्ट पेमेन्ट कार्ड करदाताको ठेगानामा पठाउन सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू