अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०१ | Colorodo: 07:16

भारतमा शरण लिन पुगेका सुरक्षाकर्मीलाई तत्काल फिर्ता पठाउन म्यानमारको आग्रह

बिआरटीनेपाल २०७७ फागुन २३ गते ६:५१ मा प्रकाशित

म्यानमारले भारतमा शरण लिन पुगेका आफना देशका सुरक्षाकर्मीहरुलाई तत्काल फिर्ता पठाउन आग्रह गरेको छ । दुई मुलुकबीचको सम्बन्ध बनाइ राख्न भन्दै भारतमा शरण लिन पुगेका आफ्ना सुरक्षाकर्मी फिर्ता गर्न म्यानमारले माग गरेको हो ।

म्यानमारमा फेब्रअरी १ मा सत्ता हत्याएपछि ८ जना प्रहरी अधिकृत र उनीहरुका परिवार शरण लिन पुगेक भारतले जनाएको छ । सुरक्षाकर्मी फिर्ता पठाउने बारे भने भारतले कुनै प्रतिक्रिया दिएको छैन । यता म्यानमारका सैन्य ‘कू’ को विरोध जारी प्रदर्शनका क्रममा सेनाले बल प्रयोग गर्दा थप प्रदर्शनकारी घाइते भएका छन् ।

म्यानमारको यंगुन शहरमा भेला भएका हजारैं प्रदर्शनकारीले सैन्य ‘कू’ को बिरुद्ध ब्यापक नाराबाजी गर्दा सेनाले पानीको फोहोरा र अश्रुग्यास प्रयोग गरी प्रदर्शनकारीहरुलाई तितरबितर पारेका थिए । प्रदर्शनकारीहरुले पक्राउ परेकी नेतृ आङ सान सूचीलगायतका नेताहरुको रिहाइ र प्रजातन्त्र पूनर्वहालीको माग गर्दै आएका छन् । प्रदर्शनका क्रममा ५५ भन्दा बढीको मृत्यु भैसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू