अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३७ | Colorodo: 13:52

अमेरिकाले ६ सेप्टेम्बरसम्म बेरोजगार भत्ता दिने

बिआरटीनेपाल २०७७ फागुन २३ गते ६:५० मा प्रकाशित

अमेरिकी सिनेटले १९ खर्ब डलरको राहत प्याकेजसम्बन्धी विधेयक पारित गरेको छ । कोरोना महामारीका कारण समस्यामा परेकाहरुका लागि राष्ट्रपति जो बाइडनले ल्याएको राहत प्याकेज सम्बन्धी विधयेक पारित भएको हो । सिनेटका सबै रिपब्लिकन सिनेटरले विपक्षमा मत दिए पनि राहत योजना पारित भएको हो । बाइडनकै पार्टी डेमोक्र्याटको नियन्त्रण रहेको तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले मंगलबार विधेयक पारित गर्ने अनुमान गरिएको छ ।

बाइडन प्रशासनको नयाँ योजना अनुसार सेप्टेम्बर ६ सम्म बेरोजगार भत्ता दिइने छ । सो भत्ता हप्ताको ४ सय डलरबाट घटाएर ३ सय डलर बनाइएको छ । राष्ट्रपति जो बाइडनले चुनावमा आफूले वाचा गरे अनुसार अमेरिकी जनतालाई सहयोग गर्ने मार्गमा सिनेटले विधेयक पारित गर्नु ठूलो फड्को रहेको बताउनुभयो ।

विश्वमै सबैभन्दा बढी कोेरोना प्रभावित अमेरिकामा पाँच लाख २३ हजार बढीको मृत्यु र दुई करोड ९० लाख बढी संक्रमित छन् । महामारीका कारण अमेरिकी अर्थतन्त्र नराम्ररी प्रभावित हुंदा बेरोजगारी दर ६ दशमलब २ प्रतिशत पुगेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू