अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०२ | Colorodo: 12:17

सर्वोच्चको फैसलाबाट ओली पक्ष उत्साहित, २०७५ जेठ ३ अघिको अवस्थामा पुगेको प्रतिक्रिया

बिआरटीनेपाल २०७७ फागुन २३ गते ६:४९ मा प्रकाशित

नेकपाको केपी शर्मा ओली पक्षले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ ।सो पक्षको संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूहरुले सर्वोच्चको यो फैसलालाई पनि आफूहरुले मान्ने भन्दै सूर्य चिन्हसहित नेकपा एमाले र हसिया हथौडासहित माओबादी केन्द्र २०७५ साल जेठ ३ गते अघिको अवस्थामा पुगेको बताउनुभयो ।

उहाँले प्रतिनिधिसभा पुनस्थापना गर्ने सर्वोच्चको फैसला पनि आफूहरुले मानेको भन्दै यो फैसलालाई पनि स्वीकार्ने पनि बताउनुभयो । उता, नेकपा प्रचण्ड –नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले भने आफूहरुको अपेक्षा भन्दा बाहिरको फैसला आएको भन्दै फैसला अध्ययन गरेर कदम चाल्ने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू