अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१६ | Colorodo: 13:31

‘कोभ्याक्स’ सुविधाअन्तर्गतको कोरोना खोप नेपालमा

बिआरटीनेपाल २०७७ फागुन २३ गते ६:४८ मा प्रकाशित

कोभ्याक्स सुविधामार्फत् उपलब्ध गराइएको साढे ३ लाख डोज कोरोना खोप नेपाल आइपुगेको छ । खोप लिएर आएको टर्किस एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । कोभ्याक्स सुविधाअन्तर्गत नेपालले पाएको खोपको पहिलो खेप ३ लाख ४८ हजार डोज खोप बुझ्न स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठी विमानस्थलमै पुग्नुभएको थियो ।

अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको यो खोप पनि भारतको सिरम इन्सटिच्युटले उत्पादन गरेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार कोभ्याक्स सुविधाअन्तर्गत नेपालले २० प्रतिशत नागरिकलाई पुग्ने खोप विश्व स्वास्थ्य संगठनमार्फत् प्राप्त गर्नेछ । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा कोभ्याक्समार्फत नेपालसँगै बंगलादेश र श्रीलंकाले पनि खोप पाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू