अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५९ | Colorodo: 12:14

सर्वाेच्च अदालतले ‘बेठिक टाइम’ मा न्याय दियो – नेकपा मुख्य सचेतक गुरूङ

बिआरटीनेपाल २०७७ फागुन २३ गते ६:४० मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड –नेपाल समूहका नेता एवं संसदीय दलका मुख्य सचेतक देव गुरुङ्गले दाहाल–नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गर्ने सर्वोच्च अदालतको फैसलालाई “बेठिक टाईम”को न्यायको संज्ञा दिनुभएको छ ।

संसदीय दलका नेता परिर्वतनको सूचना दर्ता गराएर निस्कदै गर्दा संसद सचिवालय सिंहदरबारमा संचारकर्मीलाई फैसलाबारे प्रारम्भिक प्रतिक्रिया दिँदै नेता गुरुङ्गले “बेठिक टाईम”मा न्याय दिने काम भएको बताउनुभएको हो ।

उहाँले अदालतको फैसलाले दलको आधिकारिकता सम्बन्धी निर्वाचन आयोगको “डेढलक”लाई अझै मद्दत पुग्न सक्ने बताउनुभयो । उहाँले फैसलासँगै पूर्व् नेकपा एमाले र पूर्व नेकपा माओवादी केन्द्रलाई व्युँताई यथास्थानमा गयो भन्न नमिल्ने तर्क गर्नुभयो । उहाँले पार्टी एकीकरण पछि ती वर्षमा धेरै कामहरु भएको र त्यसलाई सरकारले पनि स्वामित्वमा लिएकाले नाम परिवर्तन हुँदैमा एकीकरणका सबै अवयव मेटिन नसक्ने उल्लेख गर्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू