अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३१ | Colorodo: 22:46

सर्वोच्चको फैसला हामी मान्छौं– प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७७ फागुन २३ गते ६:३९ मा प्रकाशित

प्रधानमन्त्री केपी ओलीले नेकपा पार्टीको नामका सम्बन्धमा आइतबार सर्वोच्च अदालतले गरेको फैसला आफूहरुले मान्ने प्रतिक्रिया दिनुभएको छ । आइतबार संसद भवन बानेश्वरबाट निस्कँदै गर्दा सञ्चारकर्मीहरुको प्रश्नमा संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले अदालतको फैसला आफूहरुले मान्ने बताउनुभएको हो ।

नेकपा एमाले ब्युँताउने नब्युँताउनेबारेमा भने फैसलाको पूर्ण पाठ हेरेपछि मात्र निर्णय गरिने उहाँको प्रतिक्रिया थियो । सर्वोच्च अदालतबाट पुनर्जिवित प्रतिनिधि सभाको पहिलो बैठक बस्नुअघि नेकपाको नामसम्बन्धमा ऋषि कट्टेलले हालेको मुद्दामा आइतबार फैसला गर्दै सर्वोच्च अदालतले नेकपा पार्टी कट्टेलको हुने फैसला गरेको थियो ।

न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलाशले ओली–दाहालको नाममा रहेको नेकपालाई खारेज गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्र पूर्ववत अवस्थामा पुगेको तथा पार्टी एकीकरण गर्ने हो दलसम्बन्धि कानुन अनुसार नयाँ शिराबाट गर्न फैसला सुनाएको थियो । यसअघि सर्वोच्च अदालतले नै फागुन ११ गते प्रतिनिधि सभा विघटन गरेर निर्वाचनमा जाने प्रधानमन्त्री केपी ओलीको जेठ ५ गतेको निर्णयलाई असंवैधानिक भन्दै खारेज गरिदिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू