अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५० | Colorodo: 08:05

नेकपा प्रचण्ड–नेपाल पक्षद्वारा संसद बैठक बहिष्कार

बिआरटीनेपाल २०७७ फागुन २३ गते ६:३७ मा प्रकाशित

नेकपाको प्रचण्ड–नेपाल समूहले प्रतिनिधि सभाको बैठक बहिष्कार गरेको छ । पुनस्र्थापित प्रतिनधि सभा बैठकको पहिलो बैठकमा राष्ट्रपतिबाट प्राप्त पत्र र अध्यादेशहरु पेश गर्ने कार्यसूची रहेकामा त्यसप्रति आपत्ति जनाउँदै उक्त खेमाले बैठक छाडेर हिंडेको हो ।

बैठकबाट बाहिरिनुपूर्व उक्त समूहका सांसद भीम रावलले सभामुखले सहमति विपरित सदन चलाउन खोजेको भन्दै त्यस्तो भए बैठक बहिष्कार गर्ने जनाउनुभएको थियो । रावलले बोलेलगत्तै सभामुखले बैठक सुचालु गर्न खोज्दा आपत्ति जनाउँदै पूर्वप्रधानमन्त्री एवं सांसदहरु पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनालसहितका सांसदहरु बाहिरिनुभएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू