अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०७ | Colorodo: 14:22

अध्यादेशहरु संसदमा पेश गर्न खोजेको भन्दै नेपाली कांग्रेसद्वारा संसद बैठकमा नाराबाजी

बिआरटीनेपाल २०७७ फागुन २३ गते ६:३५ मा प्रकाशित

सरकारले ल्याएको अध्यादेशहरु संसदमा पेश गर्न खोजेको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाउँदै प्रतिनिधि सभामा नाराबाजी गरेको छ । सरकारले प्रतिनिधि सभा भंग गरी अध्यादेशबाट देश चलाउन खोजेको र सर्वोच्च अदालतले समेत प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भनिसकेकाले ति अध्यादेशहरु सदनमा पेश हुन नसक्ने जिकीर कांग्रेसले गरेको हो ।

सरकारले सदनमा अध्यादेश पेश गर्ने होइन फिर्ता लिनुपर्ने भन्दै कांग्रेस सांसदहरुले वेल घेर्न पुगेका थिए ।वेल घेर्नुपूर्व कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण र सचेतक पुष्पा भुषालले सरकारले ल्याएको अध्यादेश असंवैधानिक भएकाले फिर्ता लिनुपर्ने र सदनमा पेश गर्न नदिने भन्नुभएको थियो ।
त्यसअघि नेकपाको दाहाल–नेपाल समूहले पनि प्रतिनिधि सभाको बैठक बहिष्कार गरेको थियो । पुनस्र्थापित प्रतिनधि सभा बैठकको पहिलो बैठकमा राष्ट्रपतिबाट प्राप्त पत्र र अध्यादेशहरु पेश गर्ने कार्यसूची रहेकामा त्यसप्रति आपत्ति जनाउँदै उक्त खेमाले बैठक छाडेर हिंडेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू