अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२१ | Colorodo: 15:36

नेकपा पार्टी ऋषि कट्टेलको पक्षमा रहेको सर्वोच्चको फैसला

बिआरटीनेपाल २०७७ फागुन २३ गते ६:३१ मा प्रकाशित

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता ऋषि कट्टेललाई दिएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता कट्टेललाई दिएको हो । न्यायाधीशद्वय रेग्मी र श्रेष्ठको संयुक्त इजलासले दुई वर्षदेखि विचाराधीन नेपाल कम्युनिष्ट पार्टीको नामसम्बन्धि मुद्दामा आज निर्णय सुनाएको हो ।

यो फैसलासँगै अब केपी शर्मा ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ । नेकपा आफ्नो पार्टीको नाम भएकाले अर्को पार्टीलाई यो नाम दिन नपाइने भन्दै ऋषि कट्टेलले मुद्दा दायर गर्नुभएको थियो । कट्टेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई संविधान र निर्वाचन ऐनविपरीत आफ्नो दलसँग नाम मिल्ने गरी दर्ता गराएको भन्दै आयोगमा निवेदन दिए पनि निर्णय उहाँको पक्षमा आएको थिएन ।
ऋषिराम कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टीले गत मंसिर १० र २१ गते भएको निर्वाचनमा ‘घन र कोदालो’ चिह्न लिएर प्रतिष्पर्धा गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू