अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४५ | Colorodo: 18:00

शान्ति समाजको केन्द्रीय सभापतिमा गोविन्द खनाल

बिआरटीनेपाल २०७७ फागुन २२ गते ८:०३ मा प्रकाशित

शान्ति समाजको केन्द्रीय सभापतिमा गोविन्द खनाल चयन हुनुभएको छ । मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यसमितिको सभापतिमा रुपन्देहीका गोविन्द खनाल निर्विरोध निर्वाचित हुनुभएको हो । शान्ति समाजको फागुन २१ र २२ गते पोखरामा सम्पन्न २३ औँ राष्ट्रिय परिषद् बैठकका दौरान सम्पन्न केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको निर्वाचनमा वरिष्ठ उपसभापतिमा दाङका सुशील बस्नेत, उपसभापति महिलातर्फ रत्नलक्ष्मी श्रेष्ठ, उपसभापतिमा पाल्पाका कृष्णबहादुर रावल निर्वाचित हुनुभएको छ ।

त्यसैगरी महासचिवमा रामकृष्ण बराल, कोषाध्यक्षमा जगन्नाथ पुडासैनी, प्रदेश १ सचिवमा विकास थापा, प्रदेश २ सचिवमा अमरबहादुर गौतम, वाग्मती प्रदेश सचिवमा बाबुहरी आचार्य, गण्डकी प्रदेश सचिवमा धिरज थापा, लुम्बिनि प्रदेश सचिवमा मिना ढकाल, कर्णाली प्रदेश सचिवमा पुष्पा मल्ल, सुदुरपश्चिम प्रदेश सचिवमा मदनबहादुर कुँवर, सचिव आदिवासी/जनजाती रामप्रसाद जोशी, सचिव मधेशीमा बन्दना सिहं, सचिव दलितमा निर्मल नेपाली, सचिव महिलातर्फ नम्रता खरेल निर्विरोध निर्वाचित हुनुभएको छ ।

यसैगरी चार जना महिला सदस्यमा निर्मला सुवेदी, सरस्वती नेपाली, सुमित्रा बञ्जरा र सरस्वती ढकाल र सदस्य खुलातर्फ ६ पदका लागि लक्ष्मीनारायण मिश्र, चन्द्रमणी बञ्जारा, माधवप्रसाद गौतम, विष्णु भुसाल, सन्तोष रौनियार, दिलबहादुर कार्की निर्विरोध निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू