अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२० | Colorodo: 00:35

प्रधानसेनापति खुला म्याराथन – उपाधि कृष्णबहादुर र पुष्पालाई

बिआरटीनेपाल २०७७ फागुन २२ गते ७:४० मा प्रकाशित

छैटौं संस्करणको प्रधानसेनापति खुला म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका कृष्ण बहादुर बस्नेतले जितेका छन् ।भद्रकालीमा शनिबार भएको म्याराथनमा निर्धारित दूरी २ घण्टा २१ मिनेट ५९ सेकेण्डमा पूरा गर्दै कृष्णले उपाधि जितेका हुन् । भारतीय सेनामा कार्यरत तीर्थकुमार पुन दोस्रो भए ।

तीर्थले निर्धारित दुरी २ घण्टा २२ मिनेट २२ सेकेण्डमा पूरा गरे । आर्मीका होमलाल श्रेष्ठ २ घण्टा २३ मिनेट ३२ सेकेण्डको समय सहित तेस्रो भए । महिला हाफ म्याराथनको उपाधि एपीएफ क्लबकी पुष्पा भण्डारीले जितिन् । निर्धारित दुरी १ घण्टा १७ मिनेट ३३ सेकेण्डमा पार गर्दै पुष्पाले उपाधि जितेकी हुन् । पुष्पाले लगातार दोस्रो वर्ष उपाधि जितेकी हुन् ।

आर्मीकी विश्वरूपा बुढाले १ घण्टा २० मिनेट ९ सेकेण्डको समय निकाल्दै दोस्रो स्थान हासिल गरिन् । एपीएफकी बिन्दा श्रेष्ठ १ घण्टा २४ मिनेट ४६ सेकेण्डको समयसहित तेस्रो भइन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू